Logo

२०८३, आश्विन ९गते


images
images

एसियाली खेलकुदका लागि नेपाली टेनिस टोलीले भारतमा प्रशिक्षण लिने

एसियाली खेलकुदका लागि नेपाली टेनिस टोलीले भारतमा प्रशिक्षण लिने

images
  • एसियाली खेलकुदका लागि नेपाली टेनिस टोलीले भारतमा प्रशिक्षण लिने
    images
    images

    काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेनिस टोली वैदेशिक प्रशिक्षणमा सहभागी हुन भारतको बैङ्गलुरु जाने भएको छ ।

    images
    images
    images

    तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोलीले बैङ्गलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछ । टोलीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट खेलाडीका रूपमा रहेका छन् भने रेणुदेवी कोण्डा प्रशिक्षकका रूपमा टोलीसँग जानेछिन् ।

    images
    images
    images

    प्रशिक्षणका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

    images
    images
    images

    एसियाली खेलकुदलाई लक्षित गर्दै भारतमा हुने प्रशिक्षणले नेपाली खेलाडीको तयारी थप मजबुत हुने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।