Logo

२०८३, आश्विन १०गते


images
images

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

images
  • कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
    images
    images

    सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा २१ मत परेको थियो, जुन ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक संख्या हो । 

    images
    images
    images

    आजको मत विभाजन प्रक्रियामा ३६ सांसद सहभागी भएकोमा प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो ।  त्यस्तै २ मत तटस्थमा परेको थियो । 

    images
    images
    images

    गत १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषद्को विस्तार भने गर्न सकेका छैनन् । आजै प्रदेश सभाको बैठक अघि सत्ता गठबन्धनमा रहेको एमालेसँग मन्त्रालयको भागबण्डामा कुरा मिलेकाले छिट्टै सरकार विस्तार हुने अनुमान गरिएको छ । सहमति अनुसार नेकपा र एमालेले ३-३ मन्त्रालय लिने सहमत भएका छन् 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।