Logo

२०८३, आश्विन ९गते


images
images

खेलकुद

श्रीलंकाविरुद्ध भारतको १६५ रनको शानदार जित

श्रीलंकाविरुद्ध भारतको १६५ रनको शानदार जित

images
  • सेतोमसी सहकर्मी
  • श्रीलंकाविरुद्ध भारतको १६५ रनको शानदार जित
    images
    images

    काठमाडौँ । मानब सुथरले श्रीलंकाविरुद्धको पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै छ विकेट लिएपछि भारतले १६५ रनको शानदार जित निकालेको छ ।

    images
    images
    images

    ३७२ रनको लक्ष्य पछाएको श्रीलंका २०६ रनमै अल आउट भएपछि भारतले २ खेलको सिरिजको पहिलो खेल १६५ रनले जितेको हो ।  

    images
    images
    images

    श्रीलंकाको मध्यक्रमले बलियो प्रतिरोध गरे पनि भारतले धैर्य र निरन्तर दबाब कायम राख्दै जित हात पारेको हो । सुथरले खेलको अन्तिम चरणमा श्रीलंकाको पुछारका ब्याटरलाई धराशायी बनाएका थिए ।  श्रीलंकाका सोनल दिनिशा दोस्रो शतकको नजिक पुगे पनि १६ रनले चुके । धनञ्जय डी सिल्भाले अर्धशतक बनाए । लामो समयसम्म भारतले रन बनाउने गति नियन्त्रणमा राख्दै दोस्रो नयाँ बलबाट निर्णायक प्रहार गर्ने रणनीति अपनाएको थियो ।

    images
    images
    images

    तर ७६औँ ओभरमा दिनिशालाई आउट गरेपछि सुथरले बाँकी ब्याटरलाई १० बलमै चार विकेट लिएर समेटे । उनले यस खेलमा कुल छ विकेट लिए। दुई खेलको आफ्नो सुरुवाती अन्तर्राष्ट्रिय यात्रामै सुथरले दोस्रोपटक पाँच विकेटभन्दा बढी लिएका हुन् ।

    पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका सुथरले लगातार दोस्रो खेलमा पनि प्रभावशाली प्रदर्शन गर्दै सम्भावित रूपमा लगातार दोस्रो खेलको उत्कृष्ट खेलाडीको पुरस्कार जित्ने आधार बनाएका छन् ।

    यस खेलमा भारतले पहिलो इनिंगमा ४६२ रन बनाएको थियो बने श्रीलंकाले २८४ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा १९३ रन बनाएपछि श्रीलंकाले ३७२ रनको लक्ष्य पाएको थियो । अब सिरिजको दोस्रो खेल आइतबारदेखि कोलोम्बोमा हुने तालिका छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रीलंकाविरुद्ध भारत
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।