Logo

२०८३, आश्विन १०गते


images
images

टिपरको ढालाबाट खसेर घाइते भएका युवकको मृत्यु

टिपरको ढालाबाट खसेर घाइते भएका युवकको मृत्यु

images
  • टिपरको ढालाबाट खसेर घाइते भएका युवकको मृत्यु
    images
    images

    पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका-४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

    images
    images
    images

    मंगलबार बिहान करिब ११ बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा रोल्पाको लुङ्ग्री गाउँपालिका-३ बस्ने २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए ।

    images
    images
    images

    घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकोमा उपचारका क्रममा दिउँसो करिब  साढे १२ बजे उनको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।