Logo

२०८३, भाद्र १गते


images
images

शुरु भयो ला लिगा, आल्भेज र सेभियाको विजयी सुरुआत

शुरु भयो ला लिगा, आल्भेज र सेभियाको विजयी सुरुआत

images
  • शुरु भयो ला लिगा, आल्भेज र सेभियाको विजयी सुरुआत
    images
    images

    काठमाडौँ । स्पेनिस लिगको नयाँ सिजनका पहिलो दुई खेलमा डिपोर्टिभो आल्भेज र सेभियाले विजयी सुरुआत गरेका छन्।

    images
    images
    images

    सिजनको पहिलो खेलमा डिपोर्टिभो आल्भेजले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गर्यो । आल्भेजका लागि नाहुएल तेङ्गालियाले ७३औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए । त्यसपछि मारियानो डियाजले ९०औँ मिनेटमा दोस्रो गोल गरे भने मिकेल रोड्रिगेजले थप समयको चौथो मिनेटमा तेस्रो गोल गरेका थिए ।

    images
    images
    images

    खेलको ४२औँ मिनेटमा गेटाफेका किको फेमेनियाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै आल्भेजले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

    images
    images
    images

    दोस्रो खेलमा सेभियाले रायो भायेकानोलाई २-१ ले हरायो । रायोका अल्भारो गार्सियाले चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर सेभियाका जोन गुरिदीले ५२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गरेका थिए ।

    त्यसपछि निर्धारित समयपछि थपिएको सातौँ मिनेटमा जेरार्ड फेर्नानडेजले पेनाल्टीबाट गोल गर्दै सेभियालाई रोमाञ्चक जित दिलाएका थिए । सेभियाले ८७औँ मिनेटमा किके सालासले रातो कार्ड पाएपछि खेलको अन्तिम समय १० खेलाडीमा खेलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।