Logo

२०८३, आश्विन ११गते


images
images

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

images
  • पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु
    images
    images

    चितवन । चितवन इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ ।

    images
    images
    images

    शनिबार राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो  ।

    images
    images
    images

    पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो । पहिरो हटाएपछि आज बिहान करिब ७ बजेदेखि नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको हो ।

    images
    images
    images

    सडक सञ्चालनमा आएपछि उक्त सडकखण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।