गुल्मी । गुल्मीमा १९ ओै विश्व रक्तदाता दिवस मनाईएकाे छ । नेपाल स्वयंसेवि रक्तदाता समाजले गुल्मीको सदरमुकाम तम्घासमा रहेको जिल्ला अस्पतालमा भर्ना भएर बसेका बिरामिलाई फलफूल वितरण गरेर रक्तदाता दिवस मनाईएकाे हाे ।आफूहरुले रक्तदान गरेर विश्व रक्तादाता दिवस मनाउँने याेजना भए पनि यहाँबाट रक्तदान गरि पठाउँने र भाेलि जिल्लामा आवस्यक पर्दा नहुने समस्या भएकाले कार्यक्रमलाई फलफूल वितरण तर्फ लगिएको समाजका अध्यक्ष नमराज मरासिनीले बताए ।
गुल्मी जिल्लामा रगतकाे कमि हुन नदिएको भन्दै गुल्मी अस्पताल निमित्त सुपरिटेन्डेन्ट डा.सुर्ती सिलवालले समाजलाई धन्यवाद दिएकि हुन काेहि बिरामीलाई रगत आवस्यक पर्यो भन्न साथ त्यसकाे व्यावस्था भैरहेको र सधैं हुने कुरामा आशा राखेको डा.सिलवालले बताईन ।रक्त दानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउन गरिन्छ।
मानव शरीरमा हुने रगतको समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिनको अवसर पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो। यसवर्ष `प्रत्यक स्वस्थ युवायुवतीहरुले आफ्नो १८ ओै बर्षको जन्माेत्सवकाे संगै रक्तदानकाे शुभारम्भ गरौँ जीवन बाडौँ’ भन्ने नाराका साथ संसारभर यो दिवस मनाइँदैछ ।
मानव शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ। शरीरको वजनको करिब सात प्रतिशत भाग रगत रहेको हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष शून्य दशमलब ७ प्रतिशत रहेको हुन्छ।
सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानीनोक्सान नहुने चिकित्सकहरु बताउँछन । सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकहरु बताउँछन्। नेपाल स्वयंसेवि रक्तदाता समाजका सदस्यहरुकाे उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन समाजका सचिव कृष्ण पाण्डेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology