Logo

२०८३, श्रावण ३०गते


images
images

बस र विद्युतीय भ्यान ठोक्किदा दुई जनाको मृत्यु, तीन घाइते

बस र विद्युतीय भ्यान ठोक्किदा दुई जनाको मृत्यु, तीन घाइते

images
  • बस र विद्युतीय भ्यान ठोक्किदा दुई जनाको मृत्यु, तीन घाइते
    images
    images

    काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको विद्युतीय भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    images
    images
    images

    शनिबार बिहान करिब ८: २५ बजे बा १ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा ३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय भ्यानलाई ठक्कर दिएको थियो । ठक्करपछि बस र भ्यान सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए ।

    images
    images
    images

    दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन् ।

    दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की करिब २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।