काठमाडौँ । नेपाली पौडी टोलीले आगामी २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलुरुमा गर्ने भएको छ । टोलीले त्यहाँ एक महिनासम्म प्रशिक्षण गर्नेछ ।
प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भारत जाने भएको छ । टोलीमा जाडेन श्रेष्ठ, अभिषेक प्रधान, इर्भिन श्रेष्ठ, डुवाना लामा र आर्या महर्जन रहेका छन् ।
टोलीको प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ रहेका छन् ।
प्रशिक्षणका लागि भारत प्रस्थान गर्न लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology