Logo

२०८३, श्रावण २९गते


images
images

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू, देउवाले गरे उद्घाटन

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू, देउवाले गरे उद्घाटन

images
  • कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरू, देउवाले गरे उद्घाटन
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थ्पन इतर पक्षको राष्ट्रिय भेला सुरू भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गरेसँगै भेला शुरु भएको हो । 

    images
    images
    images

    सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शंशाक कोइरालाको अध्यक्षतामा भेला जारी रहेको छ । भेलामा देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । 

    images
    images
    images

    भेलामा आज उद्घाटन सत्र हुने तथा भोली र पर्सी बन्दसत्र हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् । 

    images
    images
    images

    भेलाको बन्दसत्रमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् भने पूर्वप्रवक्ता प्रकाशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    त्यसैगरी मुलकको समसामयिक विषयसँग सम्बन्धित प्रस्ताव नेता एनपी साउद, विधान संशोधनसँग सम्बन्धित प्रस्ताव नेता रमेश लेखक र प्रचार प्रसारसँग सम्बन्धित प्रस्ताव मीन विश्वकर्माले प्रस्तुत गर्ने बताइएको छ । 

    देउवा बिहीबारमात्रै काठमाडौं आइपुगेका हुन् । गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।