Logo

२०८३, आश्विन ११गते


images
images

देवदहमा 'बौद्धकालीन देवदह' पुस्तक विमोचन हुँदै

देवदहमा 'बौद्धकालीन देवदह' पुस्तक विमोचन हुँदै

images
  • देवदहमा 'बौद्धकालीन देवदह' पुस्तक विमोचन हुँदै
    images
    images

    देवदह । बौद्धकालीन देवदहको इतिहास, संस्कृति र जनजीवन समेटिएको पुस्तक ‘बौद्धकालीन देवदह’ विमोचन हुने भएको छ । शुक्रबार देवदहमा पत्रकार भेटघाट गर्दै लेखक डा. कृष्णप्रसाद न्यौपानेले लामो समयको अध्ययन तथा अनुसन्धानपछि तयार भएको पुस्तक आइतबार विमोचन हुने बताए । 

    images
    images
    images

    लेखक डा. न्यौपानेले आफूले २१ वर्षअघि स्नातकोत्तर तहमा अध्ययन गर्दादेखि देवदहको इतिहासबारे अनुसन्धान सुरु गरेको बताए । उनले मंगल पुष्करिणी दह, बौद्धकालीन देवदह तथा बुद्धले रोहिणी नदीको पानी विवादका क्रममा दिएको उपदेश र तत्कालीन सामाजिक अवस्थाबारे अध्ययन गरेको बताए ।

    images
    images
    images

    लुम्बिनी बौद्ध विश्वविद्यालयबाट पीएचडी गरेका डा. न्यौपानेको पीएचडी शोधको विषय ‘कोलिय तथा शाक्य गणराज्यको अध्ययन’ रहेको थियो । सोही अनुसन्धानलाई थप विस्तार गर्दै पुस्तकमा बौद्धकालीन देवदहको जनजीवन, सामाजिक अवस्था र ऐतिहासिक पक्षलाई समेटिएको उनले बताए ।

    images
    images
    images

    'पुस्तकमा वर्तमान देवदह नै बौद्धकालीन देवदह हो भन्ने निष्कर्षमा पुग्न सकिने विभिन्न आधार र प्रमाण प्रस्तुत गरिएको छ ।' उनले भने, 'अब कोलिय वंशको इतिहास र नालीबेलीलाई थप गहिराइमा खोजी गर्ने काम गर्ने सोचेको छु ।'

    शिखा बुक्सद्वारा प्रकाशित 'बौद्धकालीन देवदह' पुस्तकको विमोचन लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान प्रमुख प्रा. डा. गीतु गिरीले गर्ने जनाइएको छ । पुस्तकमाथि लुम्बिनी बौद्ध विश्वविद्यालायाका केन्द्रिय क्याम्पस प्रमुख आचार्य दयानिधि, बौद्ध अध्येता निर्मल ढुंगाना र यम रानाले समिक्षा गर्ने लेखक न्यौपानेले बताए । 
     
    युगीन साहित्य समाज र देवदह डेभलपमेन्ट सोसाइटीको व्यवस्थापन रहने कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्यालले देवदह विशेष गीत प्रस्तुत गर्ने तथा कवितावाचनसमेत हुने आयोजकले जनाएको छ ।

    पत्रकार भेटघाटमा देवदह नगर प्रवक्ता गणेश डुम्रे, बौद्ध अध्येता निर्मल ढुंगाना, देवदह डेभलपमेन्ट सोसाइटीका अध्यक्ष भीम प्रसाद गुरुङ, युगिन साहित्य समाजका अध्यक्ष गणेश न्यौपाने, साहित्यकार यज्ञ न्यौपाने, लेखक यम राना लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।