Logo

२०८३, आश्विन ११गते


images
images

बाजुरामा पहिरोमा परी एक जना बेपत्ता, दुई घाइते

बाजुरामा पहिरोमा परी एक जना बेपत्ता, दुई घाइते

images
  • बाजुरामा पहिरोमा परी एक जना बेपत्ता, दुई घाइते
    images
    images

    धनगढी । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना सामान्य घाइते भएका छन् ।

    images
    images
    images

    लगातार परेको वर्षाका कारण पहिरो खस्दा स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घरमा क्षति पुगेको छ । पहिरोमा परी सोही घरपरिवारका दुई जना सामान्य घाइते भएका हुन् ।

    images
    images
    images

    पहिरोमा एक जना बेपत्ता भएपछि उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।

    images
    images
    images

    अविरल वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाजुरामा पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।