Logo

२०८३, आश्विन ११गते


images
images

प्युठानमा खोलाका किनारमा पाँच बेवारिसे शव फेला

प्युठानमा खोलाका किनारमा पाँच बेवारिसे शव फेला

images
  • प्युठानमा खोलाका किनारमा पाँच बेवारिसे शव फेला
    images
    images

    प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ ।

    images
    images
    images

    बिहीबार बिहान करिब ७: ३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र ठेगाना नखुलेका पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै स्वर्गद्वारी–९ जुडापाटामा करिब १२–१३ वर्षीय बालकको शव, स्वर्गद्वारी–३ किमिचौरमा कम्मरमाथिको भाग मात्र रहेको पुरुषको शव र स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ ।

    images
    images
    images

    त्यसैगरी, स्वर्गद्वारी–५ सरोजामा लुङ्ग्री खोलाको किनारमा दुई महिलाको शव फेला परेको छ। तीमध्ये एक शवको बायाँ खुट्टा घुँडामुनिको भाग नभएको प्रहरीले जनाएको छ । फेला परेका शवको पहिचान हुन सकेको नसकेको र प्रहरीले घटनाबारे थप अनुसन्धान तथा शवको पहिचान गर्ने कार्य जारी राखेको जनाएको छ ।

    परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानका यी सम्पर्क नम्बर ९८५७८३७०४९ र ९८५७८१५५५५ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।