Logo

२०८३, आश्विन १०गते


images
images

अनलाईन पत्रकारितालाई जिम्मेवार बनाउनु पर्नेमा जाेड 

अनलाईन पत्रकारितालाई जिम्मेवार बनाउनु पर्नेमा जाेड 

images
  • अनलाईन पत्रकारितालाई जिम्मेवार बनाउनु पर्नेमा जाेड 
    images
    images

    कृष्ण अन्जान, दाङ । अनलाईन पत्रकारितालाई जिम्मेवार सन्चारकाे माध्यमकाे रुपमा विकासमा ध्यान दिनु आवस्यक रहेकाेमा लुम्बिनी प्रदेशकाे स्थायी राजधानी भालुवाँगमा आयाेजित कार्यक्रममा जाेड दिईएकाे छ ।

    images
    images
    images

    आन्तरिक मामिला तथा सन्चार मन्त्रालयकाे आयाेजना र नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेशकाे समन्वयमा शुरु भएकाे चार दिवसिय अनलाईन पत्रकारिता तालिममा बाेल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य शुसिल पाेख्रेल ले अनलाईन मिडिया आजकाे आवस्यकता भएकाे तर जिम्मेवार हुन नसकेको बताउँदै अनलाईन मिडियालाई जिम्मेवार र विश्वसनिय बनाउने काममा नेपाल पत्रकार महासँघ लागेकाे बताउए ।

    images
    images
    images

    तालिम कार्यक्रमकाे उदघाटन कार्यक्रममामा बाेल्दै प्रशिक्षक रविराज बरालले अनलाईनमा के लेख्ने र कसका लागि लेख्ने याे मुद्दा प्रमुख रहेकाले मुलत समुदाय केन्द्रित समाचारमा केन्द्रित अनलाईन पत्रकारहरुलाई आग्रह गरे ।

    images
    images
    images

    नेपाल पत्रकार महासँघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीका अध्यक्षता भएकाे उद्घाटन कार्यक्रमकाे सन्चालन माधव खनालले गरेका थिए ।

    चार दिनसम्म सन्चालन हुने तालिममा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका पत्रकारहरु सहभागी छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।