Logo

२०८३, श्रावण २७गते


images
images

वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन

वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन

images
  • वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन
    images
    images

    जनकपुरधाम । वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको मंगलबार बिहान उपचारका क्रममा निधन भएको छ ।

    images
    images
    images

    सोमबार राति साढे ११ बजेपछि मुटुको गति र अक्सिजनको मात्रा घटेपछि उनलाई जनकपुरस्थित अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको परिवारले जानकारी दिएका छन् ।

    images
    images
    images

    सन् १९४७ मार्च २६ मा जनकपुर–१० देवीचोकमा जन्मिएका विमलले नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा कथा, कविता, गीत तथा विभिन्न कृति लेखेका छन् । उनले नेपाली, हिन्दी र मैथिलीमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए । विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा आबद्ध थिए ।

    images
    images
    images

    उनको ‘कचनार के पेंड’ कथा चर्चित बनेको थियो, जुन उनले १५ बर्षको उमेरमै लेखेका थिए । उनका ‘राजेन्द्र विमलका कथाहरू’, ‘बन्धनबाट मुक्ति’, ‘नवनीत नेपाल परिचये’ लगायत कृति प्रकाशित छन् । उनका ‘बन्धनबाट मुक्ति’ र ‘लंका दहन’ कथा विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश छन् ।

    तराई-मधेशको जीवनलाई कथामार्फत नेपाली साहित्यमा प्रस्तुत गरेको योगदानका लागि उनलाई विसं २०७६ मा मधुपर्क सम्मान र विसं २०६६ मा जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो ।

    विमलको मंगलबार नै जनकपुरस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।