Logo

२०८३, आश्विन ९गते


images
images

अफ्रिकाबाट अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी महिला विश्वकप फुटबलमा छनोट

अफ्रिकाबाट अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी महिला विश्वकप फुटबलमा छनोट

images
  • अफ्रिकाबाट अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी महिला विश्वकप फुटबलमा छनोट
    images
    images

    काठमाडौँ । अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकप फुटबलका लागि छनोट भएका छन् ।

    images
    images
    images

    मोरक्कोमा जारी महिला अफ्रिका कप प्रतियोगिता विश्वकप छनोटको आधारसमेत बनेको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोलीले सिधै विश्वकपमा स्थान बनाउने व्यवस्था गरिएको थियो ।

    images
    images
    images

    अल्जेरियाले १० खेलाडीमा सीमित आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै पहिलोपटक महिला विश्वकपमा स्थान बनाएको हो । आयोजक मोरक्कोले दक्षिण अफ्रिकालाई २-१ ले हराएर विश्वकपमा स्थान पक्का गरेको छ । त्यस्तै क्यामरुनले नाइजेरियालाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान बनायो ।  अर्को खेलमा विश्व वरीयतामा १५३औँ स्थानमा रहेको मलावीले घानालाई २-१ ले हराउँदै ठूलो उलटफेर गर्‍यो । 

    images
    images
    images

    महिला अफ्रिका कपको सेमिफाइनल बुधबार हुनेछ । पहिलो खेलमा मोरक्कोले क्यामरुनको सामना गर्नेछ भने अर्को खेलमा अल्जेरिया र मलावी भिड्नेछन् ।

    क्वार्टरफाइनलमा पराजित घाना, आइभरी कोस्ट, नाइजेरिया र दक्षिण अफ्रिकासँग पनि विश्वकपमा पुग्ने अवसर कायमै छ । बिहीबार आइभरी कोस्टले घानासँग तथा नाइजेरियाले दक्षिण अफ्रिकासँग खेल्नेछन् । ती खेलका विजेता टोलीले नोभेम्बर र डिसेम्बरमा हुने अन्तरमहादेशीय छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । अन्तरमहादेशीय छनोटमा सहभागी १० टोलीमध्ये तीन टोलीले आगामी विश्वकपमा स्थान बनाउनेछन् । महिला विश्वकप सन् २०२७ जुन २४ देखि जुलाई २५ सम्म ब्राजिलमा आयोजना हुनेछ ।

    युरोपेली छनोटबाट पनि इङ्ल्यान्ड, आयरल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डसँग विश्वकपमा पुग्ने अवसर बाँकी छ । युरोपेली छनोट अक्टोबरदेखि डिसेम्बरसम्म सञ्चालन हुनेछ । विश्वकपमा पुग्न यी टोलीले दुई चरणका दुई खेलको छनोट पार गर्नुपर्नेछ ।

    सन् २०२७ को महिला विश्वकपमा ३२ टोली सहभागी हुनेछन्, जसमा अहिलेसम्म १८ टोलीले विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

    हालसम्म छनोट भएका टोलीहरू :

    अफ्रिका: अल्जेरिया, क्यामरुन, मलावी र मोरक्को ।

    एसिया: अस्ट्रेलिया, चीन, जापान, उत्तर कोरिया, फिलिपिन्स र दक्षिण कोरिया ।

    युरोप: डेनमार्क, फ्रान्स, जर्मनी र स्पेन।

    ओसिनिया: न्युजिल्यान्ड ।

    दक्षिण अमेरिका: अर्जेन्टिना, ब्राजिल र कोलम्बिया ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला विश्वकप फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।