सुनसरी । अवैध रुपमा नेपाल भित्राइएको भारतमा निर्मित कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरेको छ ।
लौकही नाका हुँदै अवैध रुपमा चोरी पैठारी भैरहेको भन्ने सूचनाका आधारमा गएको भन्सार गस्ती टोलीले को १ ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा भोक्राहा–नरसिंह गाउँपालिका वडा नं ०६ स्थित इसराइल कामत भन्ने स्थानबाट कोकाकोला नियन्त्रणमा लिएको हो ।
यसअघि २०७८ वैशाख २१ गते पनि सोही स्थान आसपासबाट करिब ९ लाख मूल्य बराबरको कपडासहित को २ च २७८० नम्वरको पिकअप भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology