Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिकामा एच–१ बी भिसाको नियममा परिवर्तनको तयारी, विदेशी कामदारलाई कडाई

अमेरिकामा एच–१ बी भिसाको नियममा परिवर्तनको तयारी, विदेशी कामदारलाई कडाई

images
  • अमेरिकामा एच–१ बी भिसाको नियममा परिवर्तनको तयारी, विदेशी कामदारलाई कडाई
    images
    images

    काठमाडौँ । अमेरिकामा एच–१ बी भिसामा काम गरिरहेका विदेशी कामदारको रोजगारी गुमेपछि नयाँ काम खोज्न दिइने ६० दिनको समयसीमा हटाउने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको छ । प्रस्ताव अहिले ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयमा पठाइएको छ । यो व्यवस्था हालसम्म लागू भइसकेको छैन ।

    images
    images
    images

    हालको नियमअनुसार एच–१ बी भिसामा रहेका कामदारले रोजगारी गुमाएपछि बढीमा ६० दिनसम्म अमेरिकामै बसेर नयाँ रोजगारी खोज्न वा आफ्नो भिसा अवस्था कायम राख्न आवश्यक प्रक्रिया अघि बढाउन सक्छन् । नयाँ कम्पनीले भिसाका लागि आवेदन दिएमा केही अवस्थामा आवेदन स्वीकृत हुनुअघि नै नयाँ काम सुरु गर्न सक्ने व्यवस्था पनि छ ।

    images
    images
    images

    ६० दिनभित्र नयाँ रोजगारी नपाएमा कामदारले आफ्नो भिसा अवस्था परिवर्तन गर्न वा अन्य वैधानिक विकल्प खोज्न सक्छ । केही अवस्थामा आश्रित वा भ्रमण भिसाका लागि आवेदन दिन सकिने तथा स्थायी बसोबासका लागि योग्य भए त्यसतर्फ प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ ।

    images
    images
    images

    प्रस्तावित परिवर्तन लागू भए रोजगारी गुमाउने एच–१ बी भिसाधारीका लागि अमेरिकामा बसिरहन कठिन हुन सक्नेछ । उपलब्ध विवरणअनुसार अमेरिकामा एच–१ बी भिसामा कार्यरत लाखौ विदेशी नागरिक यसबाट प्रभावित हुन सक्ने बताइएको छ । यसैबीच, अमेरिकी माथिल्लो सदनमा पछिल्लो सात वर्षदेखि निरन्तर अमेरिकामा बसिरहेका व्यक्तिलाई स्थायी बसोबासको अनुमतिका लागि आवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको विधेयक पनि पेश भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।