Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने, खेतीयोग्य जमिन प्लटिङ गर्न रोक

स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने, खेतीयोग्य जमिन प्लटिङ गर्न रोक

images
  • स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने, खेतीयोग्य जमिन प्लटिङ गर्न रोक
    images
    images

    काठमाडौं । सरकारले भू–उपयोग नियमावली २०७९ सोमबार नेपाल राजपत्रमा प्रकाशन गरेको छ। यसले खेतीयोग्य जमिन प्लटिङ गर्न रोक लगाएको छ। नियमावली लागू भएकाले अब स्थानीय तहले जथाभावी जग्गाको खण्डीकरण गर्ने काममा रोक लगाउनुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए। 

    images
    images
    images

    ‘स्थानीय तहले जग्गाको वर्गीकरण गरी जथाभावी खण्डीकरण हुने क्रम रोक्नुपर्छ’, प्रवक्ता जोशीले भने, ‘स्थानीय तहले चासो देखाए पूर्णरूपमा भू–उपयोग नीति कार्यान्वयनमा आउँछ।’ 

    images
    images
    images

    आवासीय प्रयोजनका लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रूपमा घडेरी बनाएर बिक्री गर्न नपाइने व्यवस्था नियमावलीमा छ।  खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरीका रूपमा बिक्री वितरण गर्ने क्रम बढ्दै गएपछि सरकारले भू–उपयोग नियमावली ल्याएर अंकुश लगाएको हो। सरकारले भू–उपयोग नीतिको कार्यान्वयन गर्न भू–उपयोग नियमावली लागू गरेको हो। यद्यपि, सरकारले यसअघि नै खण्डीकरण र कित्ताकाट रोक्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन। 

    images
    images
    images

    भू–उपयोग परिवर्तन गर्न भने निवेदन दिन पाइन्छ। उक्त निवेदन प्रदेश परिषद्ले गठन गर्ने विज्ञ समितिको अध्ययन प्रतिवेदन, प्रदेश परिषद्को सहमति र कार्यान्वयन समितिको सिफारिसमा स्थानीय परिषद्ले भू–उपयोग परिवर्तनको निर्णय गर्ने व्यवस्था छ। भौतिक संरचनालगायत विकास निर्माणका काम गर्दा भू–उपयोग योजनाअनुकूल हुने गरी मात्रै गर्नुपर्छ। खेतीयोग्य जमिन बाँझो राखे एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। जरिवानाका साथै त्यस्तो जग्गा ६ महिनाभित्र साबिकबमोजिम भू–उपयोग कायम गर्न प्रमुख जिल्ला अधिकारीले आदेश दिन सक्ने अधिकार दिइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खेतीयोग्य जमिन प्लटिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।