Logo

२०८३, श्रावण २७गते


images
images

जनताको संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य छैन: आङदेम्बे

जनताको संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य छैन: आङदेम्बे

images
  • जनताको संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य छैन: आङदेम्बे
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने प्रयास स्वीकार्य हुन नसक्ने बताएका छन् ।

    images
    images
    images

    ३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिदै आङदेम्बेले नेपालको संविधानले संस्थागत गरेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारका उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त नभएको बताएका हुन् ।

    images
    images
    images

    उनले आदिवासी जनजातिसहित सबै नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट यी उपलब्धि प्राप्त भएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    आङदेम्बेले नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्। विश्व आदिवासी दिवस आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष तथा बलिदानलाई स्मरण गर्ने अवसर भएको उनले बताएका छन् । तर पछिल्लो समय सरकारका गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भएको आफूले महसुस गरेको आङदेम्बेले बताएका छन् ।

    ‘कमजोरी छन् भने सुधार गरौँ, समस्या छन् भने समाधान गरौँ’ भन्दै उनले संविधान संशोधन र परिमार्जनमार्फत संवैधानिक अभ्यासका क्रममा देखिएका त्रुटि र कमजोरी सच्याउन सकिने बताएका छन्। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै समाप्त पार्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।

    आङदेम्बेले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व तथा पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने उनले बताएका छन्।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भिष्मराज आङदेम्बे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।