देवदह । आइतबार एक कार्यक्रमविच देवदह नगरपालिका वडा नं. ५ का अध्यक्ष गणेश डुम्रेले आफ्नो वडालाई ६२ हप्ताभित्र पूर्ण सरसफाइयुक्त वडा बनाउने उद्घोष गरे । एक औपचारिक कार्यक्रमविच उनको उद्घोषमा लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, नगरप्रमुख ध्रुब खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायत स्थानीय राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरूले समर्थन मात्रै जनाएनन्, फिल्डमै उत्रीएर सरसफाइमा जुटे ।
उक्त अभियानमा यहाँ संचालित टोल बिकास संस्था, आमा समूह, राजनीतिक दल, देवदह प्रेस क्लब, देवदह ब्यापार संघ, उद्योग बाणिज्य संघ देवदह, उद्योग ब्यापार संघ देवदह, कामना सेवा विकास बैंक, ग्लोबल आ एम इ बैंक,, स्वास्थ स्वयंसेविका, रोटरी क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह, रोट्र्याक क्लब अफ तिलोत्तमा देवदह, देवदह बुद्ध पब्लिक स्कुल, लुम्बिनी इ बो स्कुल, देवदह मदरट्ङ् एकेडमी, बुद्ध सामुदायिक बन तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागीता रह्यो ।
३२ बर्षिय युवा डुम्रेले उम्मेदवारी घोंषणा गर्दा होस् या प्रतिबद्धता पत्र सार्वजनिक गर्दा, सधै आफुले फरक ढंगले काम गर्ने प्रतिबद्धता जनाईरहे । र, निर्वाचित भैसकेपछि उनी तिनै प्रतिबद्धता पूरा गर्ने दौडमा व्यस्त रहेको बुझ्न सकिन्छ ।
चुनावी प्रतिबद्धता पछ्याउँदै पूर्ण सरसफाईयुक्त वडा बनाउँने उद्घोष सहित अघि बढेका डुम्रेले यत्रतत्र छरिने फोहोर व्यवस्थापनको कुरा मात्रै गरेका छैनन् । डुम्रेले काठमाडौंका मेयर बालेन्द्र साह 'बालेन' ले अघि सारेको होटेल, रेष्टुरेन्ट तथा ब्यापारीक प्रतिष्ठानका शौचालय सर्वसाधरणका लागि नि:शुल्क उपलब्ध गराउने मोडेल समेत देवदह ५ मा सुरू गरेका छन् ।
आइतबार मात्रै वडाध्यक्ष डुम्रेको अनुरोधमा कामना सेवा बैंक खैरेनी शाखा, एस. के. कम्प्लेक्स, पौडेल मिष्ठान्न भन्डार, भिम रेस्टुरेन्ट र पाठक फुड्ल्यान्डले सर्वसाधरणका लागि आफ्ना नि:शुल्क शौचालय उपलब्ध गराउन सहमत भएका छन् ।
सेतोमसीसंग कुरा गर्दै वडा अध्यक्ष डुम्रेले अन्य संस्थाहरूसंग पनि कुराकानी भैरहेको र शौचालय उपलब्ध गराउन सहमत भएका संस्थामा वडा कार्यालयले सबैले देख्ने गरि सार्वजनिक शौचालयको बोर्ड लगाउने बताए ।
देवदहको मुख्य बजार क्षेत्र रहेको वडा नं. ५ यहाँको प्रमुख ब्यापारीक केन्द्र हो । त्यतिमात्र होइन, यसै वडामा नेपाल सरकारले नमुना विद्यालयका लागि सुचिकृत गरेको केरवानी माध्यमिक विद्यालय समेत रहेको छ । यसै वडामा स्थानीय स्तरमा प्रशिद्द लोकेश्वर मन्दिर रहेको छ । जहाँ एक सय आठ पिपलका बोट समेत लगाईएको छ । साथै यहाँ पानबारी खेलमैदान, बैकुण्ठ पार्क लगायतका स्थानहरू समेत रहेका छन् ।
देवदह ५ मा करिब १० हजार जनसंख्या बसोबास गर्ने गर्छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology