Logo

२०८३, आश्विन ९गते


images
images

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

images
  • मस्कोमा युक्रेनको ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
    images
    images

    काठमाडौँ । रुसको राजधानी मस्को नजिकै युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    images
    images
    images

    मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार सोमबार राति चेखोभको नोभोसेल्की क्षेत्रमा रहेको एक औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएको थियो । आक्रमणबाट एउटा गोदाममा आगलागी भएको र विद्युत् केन्द्र तथा प्रशासनिक भवनमा समेत क्षति पुगेको उनले बताएका छन् ।

    images
    images
    images

    घाइतेमध्ये सात जनाको अवस्था मध्यम रहेको र एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

    images
    images
    images

    युक्रेनी सञ्चारमाध्यमहरूले आक्रमण भएको गोदाम रुसी अनलाइन व्यापार कम्पनी वाइल्डबेरीजसँग सम्बन्धित रहेको जनाएका छन्। युक्रेनले पछिल्ला दिनहरूमा उक्त कम्पनीका केन्द्रहरूलाई लक्षित गर्दै आएको छ । युक्रेनको दाबीअनुसार ती गोदामहरू रुसी सेनालाई आवश्यक सामग्री पुर्‍याउन प्रयोग भइरहेका छन्। तर रुसले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

    स्थानीय अधिकारीहरूका अनुसार सेन्ट पिटर्सबर्ग र तेभर क्षेत्रमा रहेका वाइल्डबेरीजका केन्द्रहरूमा पनि राति आक्रमण भएको थियो। कम्पनीले घटनाबारे विस्तृत प्रतिक्रिया नदिए पनि सेन्ट पिटर्सबर्गस्थित आफ्नो केन्द्रमा क्षति पुगेको पुष्टि गरेको छ ।

    यसैबीच रुसले पनि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ । युक्रेनको आपत्कालीन सेवा निकायका अनुसार दक्षिणी सहर माइकोलाइभमा भएको आक्रमणमा ८९ वर्षीया महिलाको मृत्यु भएको छ भने दुई र १२ वर्षका बालिकासहित सात जना घाइते भएका छन् ।

    सुमी क्षेत्रमा आवासीय क्षेत्रमा भएको आक्रमणमा एक महिला र दुई बालिकाको मृत्यु भएको तथा थप चार जना घाइते भएको जनाइएको छ। त्यस्तै, बिल्होरोड–द्निस्त्रोभ्स्की क्षेत्रमा दुई जना घाइते भएका छन् भने द्निप्रो क्षेत्रमा रहेको खाद्यान्न गोदाममा आगलागी भएको छ ।

    रुसको रक्षा मन्त्रालयले सोमबार राति युक्रेनबाट प्रहार गरिएका ३२० वटा ड्रोन पत्ता लगाएर नष्ट गरेको दाबी गरेको छ ।

    यो घटना रुसको दक्षिणी क्षेत्रमा रहेको व्यस्त समुद्री तटमा ड्रोन खस्दा सात जनाको मृत्यु र ५८ जना घाइते भएको घटनाको एक दिनपछि भएको हो। क्रास्नोदार क्षेत्रमा भएको उक्त घटनामा पर्यटकहरू उपस्थित रहेका बेला ड्रोन विस्फोट भएको थियो ।

    रुसी अधिकारीहरूले उक्त घटनालाई सर्वसाधारणमाथिको योजनाबद्ध आक्रमण भएको आरोप लगाएका छन्। युक्रेनले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।

    रुस र युक्रेनबीच जारी युद्धका क्रममा दुवै पक्षले एकअर्काका सैन्य तथा रणनीतिक संरचनालाई लक्षित गरेको दाबी गर्दै आएका छन्। दुवै देशले भने सर्वसाधारणलाई जानाजानी निशाना नबनाएको बताउँदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।