Logo

२०८३, आश्विन १०गते


images
images

निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई र शुभकामना कार्यक्रम

निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई र शुभकामना कार्यक्रम

images
  • निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई र शुभकामना कार्यक्रम
    images
    images

    देवदह । नेपाल निजामती कर्मचारी संगठन, देवदह नगरपालिका इकाईले नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानमा स्वागत, बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आइतबार एक कार्यक्रम विच लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण प्रसाद न्यौपानेको उपस्थितिमा संगठनले उक्त कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य न्यौपानेले जनप्रतिनिधिलाई जनताको सेवक बनेर काम गर्न अनुरोध गरेका छन् । निर्वाचनमा जारी गरिएका घोंषणापत्र र प्रतिबद्धता अनुसार जनपक्षीय काम गर्न आग्रह गर्दै उनले देवदहको विकास र समृद्धि जनप्रतिनिधिले गर्ने काममा भर पर्ने बताए ।

    त्यसैगरि  नवनिर्वाचित नगरप्रमुख ध्रुब प्रसाद खरेलेले समृद्ध देवदहको सपना पूरा गर्न आफ्नो टिम लागिपर्ने बताए । नगरवासी मतदाताको आशा र भरोसाको दियो कुनैपनि हालतमा निभ्न नदिईने उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा सबैको सहयोग हुने र कर्मचारीवर्गको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

    सो क्रममा नगरप्रमुख खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायत सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य सबैलाई अबिर र पुष्प गुच्छाले सम्मान गरिएको थियो ।

    संगठनका इकाई अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता, सचीव राममणी अर्यालको संचालन र संगठनका नगर सदस्य पर्शुराम ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा संगठनका केन्द्र, प्रदेश र जिल्ला स्तरीय नेता कार्यकार्ताहरूको उपस्तिथि रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।