Logo

२०८३, आश्विन ९गते


images
images

ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट

ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट

images
  • ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
    images
    images

    काठमाडौँ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दुई देशबीच नयाँ वार्ता सुरु हुने गरेको दाबी अस्वीकार गरेको छ । इरानले अमेरिकासँग कुनै वार्ता नभएको र त्यस्तो कुनै योजना पनि नरहेको स्पष्ट पारेको हो ।

    images
    images
    images

    ट्रम्पले आइतबार राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानसँग अप्रत्यक्ष वार्ता सोमबारदेखि सुरु हुने र सम्भावित ठूलो सैन्य आक्रमण पनि स्थगित गरिएको बताएका थिए । उनले मध्यपूर्वका अमेरिकी साझेदार राष्ट्र र इरानको आग्रहपछि आक्रमण रोकेको दाबी गरेका थिए ।

    images
    images
    images

    तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँग कुनै वार्ता नभइरहेको र त्यसको तयारीसमेत नभएको बताएका छन् । उनका अनुसार इरानले ओमानसँग भने होर्मुज जलडमरुको जलमार्ग सुरक्षित राख्ने उपायबारे छलफल गरिरहेको छ ।

    images
    images
    images

    यसअघि पनि अमेरिका र इरानबीच भएका वार्ताहरू मध्यस्थकर्तामार्फत सञ्चालन भएका थिए । ट्रम्पले भने कूटनीतिक समाधानको पक्षमा रहेको दोहोर्‍याउँदै आवश्यक परे जुनसुकै बेला सैन्य कारबाही गर्न अमेरिका तयार रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।