कृष्ण अन्जान, गुल्मी । पवित्र रुरुधाममा पुग्नुलाइ हिन्दु धर्मावलम्बीहरुले महत्वका साथ लिन्छन् । उनीहरूले दामाेदर कुण्डबाट मुक्तिक्षेत्र हुँदै रिडीमा आइपुग्ने काली गण्डकीकाे स्नानलाइ प्रमुखताकाे रुपमा लिन्छन ।
कालिगण्डकी नदिमा डुबुल्की लगाउने धर्मावलम्विकाे ताँति कालिगण्डकी किनारमा भेटिन्छ ।
हिन्दु धर्मशास्त्र अनुसार मानिस जन्मीँदा देवऋण, पितृऋण र ऋषिऋण लिएर आएका हुन्छन् । मुक्त क्षेत्रबाट बग्दै आउने कालिगण्डकीमा स्नान गर्नाले यी सबै ऋणबाट मुक्ति पाइने जनविश्वास परापुर्व कालदेखि रहदै आएको हुनाले पनि रुरुधामकाे महत्त्व अत्यधिक छ ।
धर्मावलम्बीहरु आउँदै गर्दा कालिगण्डकी नदि तटमा व्यवस्थित नुहाउने घाटकाे समस्याबारे चर्चा गर्छन । माथि भर्खर शबदाह गरेर सलाे पखाल्दै गर्दा, तल तिर्थालुहरुले त्यहि सलाे पखालेर खरानीसँगै मिसिएकाे गँगाजलमा डुबुल्की मार्दै गरेका हुन्छन । उनीहरू त्यहि गँगाजलले आचमन गर्न विवश छन ।
पहिले काली गण्डकी लामा चौतारीबाट बग्थ्याे र त्यतिवेला लामाचौतारी क्षेत्रमा केही व्ववस्थित थियाे । माथि तिर्थालुहरुले गँगाजलमा स्नान गर्थे । रिडी खाेला र कालिगण्डकीकाे दाेभानमा दाहसंस्कार हुन्थ्याे । तर काली गण्डकी वहाव सरेपछि घाट व्यवस्थित हुन सकेन ।
यहि नदिकाे बालुवा दाेहन गरेर राज्यका निकायहरु चल्न थालेकाे बर्षौँ भयाे । तर एउटा व्यवस्थित शवदाह गृह वन्न सकेन । "इच्छाशक्ति नभए पछि केही काम पनि हुँदाे रहेनछ" रिडी वासिकाे गुनासाे छ ।
पटकपटक विद्युतिय शवदाह गृह बनाउने, घाट व्यवस्थापन गर्ने भनेर हल्ला चलाइयाे, बजेट आयाे । अब बन्छ भनियाे तर वार्षिक रुपमा कराेडौँकाे वालुवा बिक्री बाट आउने बजेट याे क्षेत्रमा आधुनिक शव दाह गृह बनाउनु पर्छ भन्ने कुरा कसैकाे मनमा आएन ।
बग्ने पानी पवित्र हुन्छ भन्ने मान्यतामा मात्र यसक्षेत्र मा आउनेहरुले कालिगण्डकीकाे तटमा स्नान गर्छन तर यसरी बग्ने पानीमा सलाे पखालीए पछिकाे खरानी सहितकाे प्रदुषित पानी त बग्छ नै । अंगार, शव दाहपछि रहेका आधा जलेका दाउरा पानीमा तैरि रहेकाे भेटिन्छ ।
शव ल्याएपछि शवका कपडा लगायत सबै यहि नदिमा फालिन्छ र तिनै फाेहर बाेकेर काली नदि पवित्र बनेर बग्छ ।
पछिल्लो चरणमा रिडीकाे बृहद गुरुयाेजनाले स्वच्छ कालिगण्डकी बन्छ भनिएकाे छ तर पनि त्याे बनिरहँदा बर्तमान अवस्थामा शव जलाउने ठाउँ र नुहाउने ठाउँकाे ब्यवस्थापन अत्यावस्यक रहेकाे छ ।
विश्वले पर्यावरण दिवस मनाई रहँदा कालीगण्डकी नदिमा देखिएकाे याे पर्यावरणीय संकटकाे समाधान बहसको विषय बनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology