Logo

२०८३, आश्विन ९गते


images
images

डीपीएल सिजन–३

डीपीएल सिजन–३ को तयारी तीव्र, भदौ १ देखि टोली दर्ता, तीन लाख राशिको नगद पुरस्कार घोषणा

डीपीएल सिजन–३ को तयारी तीव्र, भदौ १ देखि टोली दर्ता, तीन लाख राशिको नगद पुरस्कार घोषणा

images
  • डीपीएल सिजन–३ को तयारी तीव्र, भदौ १ देखि टोली दर्ता, तीन लाख राशिको नगद पुरस्कार घोषणा
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डीपीएल) सिजन–३ को तयारीलाई तीव्र बनाइएको छ । प्रतियोगिताअन्तर्गत टोली दर्तादेखि खेल सञ्चालनसम्मको कार्यतालिका सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    सार्वजनिक कार्यतालिकाअनुसार भदौ १ देखि १५ गतेसम्म टोली दर्ता, भदौ १६ देखि ३१ गतेसम्म खेलाडी दर्ता, असोज १७ गते अक्सन (Auction) तथा कात्तिक ७ गतेदेखि प्रतियोगिता सञ्चालन गरिनेछ ।

    images
    images
    images

    यस वर्षको डीपीएलमा ८ वटा टोली सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ । यसमध्ये अघिल्ला सिजनका ६ पुराना टोली र २ नयाँ टोली सहभागी हुनेछन् ।

    images
    images
    images

    प्रत्येक टोलीले अक्सनअघि ३ जना खेलाडी रिटेन गर्न पाउने व्यवस्था गरिएको छ । जसअनुसार १ जना मार्की (Marquee) खेलाडी, १ जना स्थानीय खेलाडी र १ जना देवदह बाहिरका खेलाडी रिटेन गर्न सकिनेछ । बाँकी १३ जना खेलाडीका लागि असोज १७ गते हुने अक्सनमा सहभागी हुनुपर्नेछ ।

    प्रतियोगिताका लागि तयार गरिएको नियमअनुसार पुराना टोलीले रिटेन गरेका मार्की वा अन्य रिटेन खेलाडी आवश्यक परे नयाँ टोलीमा ट्रेड (Trade) गर्न सक्ने व्यवस्था पनि राखिएको छ ।

    प्रत्येक टोलीमा १६ जना खेलाडी रहनेछन् । तीमध्ये ११ जना देवदहका स्थानीय खेलाडी र ५ जना देवदह बाहिरका खेलाडी अनिवार्य रहनेछन् ।

    यस सिजनमा प्रत्येक टोलीलाई रु. ७५ हजारको पर्स बजेट (Purse Money) उपलब्ध गराइनेछ । सोही बजेटभित्र रहेर टोली निर्माण गर्नुपर्नेछ । खेलाडी अक्सनका लागि न्यूनतम आधार मूल्य (Base Price) रु. १ हजार तोकिएको आयोजकले जनाएको छ ।

    प्रतियोगितमा विजेता टोलीलाई रु. दुई लाख र उपविजेता टोलीलाई रु. एक लाख नगद पुरस्कार प्रदान गरिने आयोजक डि-युनिटी युथ क्लबले जनाएको छ  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डीपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।