Logo

२०८३, आश्विन १०गते


images
images

जनप्रतिनधीहरुले जनताको जीवनस्तर परिवर्तनका लागि काम गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

जनप्रतिनधीहरुले जनताको जीवनस्तर परिवर्तनका लागि काम गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

images
  • जनप्रतिनधीहरुले जनताको जीवनस्तर परिवर्तनका लागि काम गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित जनप्रतिनधीहरु जनताको जीवनस्तर परिवर्तनका लागि काम गर्न निर्देशन दिएका छन् । लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधीहरुलाई बधाई, शुभकामना एवं शासन सञ्चालन सम्बन्धिअन्तक्रियामा बोल्दै शेरचनले जनप्रतिनिधिहरूले प्रवाह गर्ने सेवाले जनताको स्तरवृद्धि गर्नुपर्ने बताएका हुन् ।

    images
    images
    images

    प्रमुख शेरचनले जनताले दिएको मतको कदर गरेर अर्काे कार्यकालमा पनि जनताले फेरी निर्वाचित गराउने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्दै भने, “सक्नुहुन्छ भने राम्रो काम गर्नुहोस्, सक्नु हुन्न भने पनि जनताले खवरदारी गर्ने गरी काम नगर्नका लागि म अनुरोध गर्दछु" । 
     
    संघ, प्रदेश, स्थानीयतहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले जनतालाई स्थानीय सरकारले प्रवाह गर्ने सेवाका आधारमा नागरिकले देशमा सरकार भएको महसुस गर्ने बताएका थिए । 


    सोही  कार्यक्रममा बोल्दै मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीयतहसंगको समन्वयमा कुनै कमि नगरिने बताए । उनले लुम्बिनी प्रदेशबासीको जीवनस्तरलाई आमूल परिवर्तन गर्न स्थानीय सरकारले भुमिकाका खेल्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

    1.jpg

    images
    images
    images

    जनताले दिएको मतको सम्मान गर्दै सोही अनुसार सेवा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गर्दै जनताको आधारभूत आवश्यकताका आधारमा प्राथमिकतको योजना निर्माण गर्नका लागि बजेट प्रदान गर्न निर्देशन दिए ।

    images
    images
    images

    कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पुर्णबहादुर  सभामुख पूर्ण घर्तीमगरले समाज उन्मुख अर्थव्यवस्था निर्माण गर्नका सबैले ध्यान दिदैँ जनताको अर्थतन्त्र निर्माणका लागि सबै जनप्रतिधिीहरु एक हुनुपर्नेमा जोड दिए । जनप्रतिनिधिले सके राम्रो गर्ने, होइन भने नराम्रो काम गर्न नहुने उनको भनाइ थियो । 3.jpg

    अन्तरक्रियामा संघीय विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा संघीयलाई बलियो बनाउने तिर लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशले नेपालको संघीयतालाई नमूना बनाउनको लागि सकेजति पहल गर्नुपर्ने उनको भनाइ थियो । 
     
    त्यसैगरी नेपाल सरकारका पूर्व प्रमुख सचिव लिलामणी पौडेलले संघीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि जनप्रतिनिधिलाई अनुरोध गरे । जनताले चाहेको विकास जनतालाई प्रदान गर्ने काम नै जनप्रतिनिधिको काम भएको उनको भनाइ थियो ।

    कार्यक्रममा १०९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सभागीता रहेको थियो ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।