Logo

२०८३, आश्विन ११गते


images
images

जातीय भेदभाव सामन्तवादको अवशेष हो, यसको अन्त्य हुनुपर्छ : स्वास्थ्य मन्त्री थारु

जातीय भेदभाव सामन्तवादको अवशेष हो, यसको अन्त्य हुनुपर्छ : स्वास्थ्य मन्त्री थारु

images
  • सेतोमसी सहकर्मी
  • जातीय भेदभाव सामन्तवादको अवशेष हो, यसको अन्त्य हुनुपर्छ : स्वास्थ्य मन्त्री थारु
    images
    images

     रिया बस्नेत, बुटवल । आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, देशभर जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ जेठ २१ गते तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिन नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आईएकाे छ ।

    images
    images
    images

    नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेकाे एक ऐतिहासीक दिनकाे रुपमा स्मरण गर्दै सैनामैना दलित उत्थान समितिले पनि सैनामैना स्वास्थ्य चाैकिमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ। received_721900178950820.jpeg

    images
    images
    images

    साेहि कार्यक्रमलाई संबाेधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले महान युद्ध र ठुलाे बलिदान पश्चात् मात्रै देशमा परिवर्तन आएकाे त्याे परिवर्तनकाे एउटा महत्त्वपूर्ण पक्ष छुवाछूतमुक्त राष्ट्र भएकाे बताउँदै अबकाे युद्ध बिचारकाे युद्ध गर्नुपर्ने कुरामा जाेड दिए।
    जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको बताए । दलित उत्थानकाे लागि एउटा महान युद्ध लडेर निकै ठुलाे बलिदानी पश्चात समाबेशितामा आए पनि समान्तबादि प्रवृत्तिले अहिले पनि समाजमा जराे गाडेकाे कारण परिवर्तनकाे पक्षमा अझै धेरै चुनाैतिहरु रहेका बताए ।

    images
    images
    images

    यसैविच मन्त्री थारुले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभाव विरुद्ध संविधानमा समेटिएका बिषयहरुलाई टेकेर दृढतापूर्वक उभिन समेत आहृवान गरे । दलितको हकअन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गरेको भन्दै संविधान कार्यान्वयन हुने क्रममा भएको स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व पनि रहेकाे हुदाँ जतिय विभिदे अन्त्यकाे लागि जनप्रतिनिधिकाे पनि अग्रणी भुमिका रहेकाे हुनाले सबैले जनप्रतिनिधिहरुले  आफ्नाे स्थानबाट पहल गर्नुपर्ने बताए ।

    सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवबीच गरिने जातीय भेदभाव र छुवाछुतप्रतिकाे अनत्यका् लागि र "समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि लुम्बिनी प्रदेश सरकार दृढ रहेकाे बताए ।
    नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको समेत बताए ।

    सैनामैना दलित उत्थान समितिका अध्यक्ष अम्बिका परियारले जातिय आधारमा विभेद गरिन्छ त्याे मानसिक्ता हटाउन हामी निरन्तर पहल गर्ने बताउदैँ श्रम चल्छ पसिना चल्छ रगत चल्छ तर जात चल्दैन यस्ताे सामन्तवाद प्रवृत्तिकाे अनत्यकाे लागी रक्तदान गरिएकाे हाे बताईन । मान्छेले मान्छे भेदभाव गरिरहेकाे बेला नितिनियमकाे लागि लड्नु हुने सराेकारवाल पक्ष र नवनिर्बाचित जनप्रतिनिधि हरुले सदनमा आवाज उठाउनु पर्छ सडकमा हामी छाै उनले भनिनि " नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिदै आवाज बिहिनहरुकाे आवाज बनेर अगाडि बढ्नु बढ्नु भएकाे छ  दलित ,नागरिक तथा महिला मैत्री बजेट ल्याउनु भाे भने समग्र समृद समाज निर्माणमा सहयाेग पुग्ने अध्यक्ष परियारले बताईन । 

    उक्त कार्यक्रम नवनिर्वाचित जनप्रतिनिधि हरुलाई बधाई शुभकामना सगँसगैँ जनप्रतिनिधि हरुलाई खवदारी गर्दै लक्षित वर्गहरुकाे लागि आएकाे बजेट साहि क्षेत्रमा सदुपयाेग गरि जनता माझ कति लाभदायी र उपलब्धि मुलक भयाे भन्ने बिषयमा गम्भीर ध्यानकार्षण गराउन सहभागी वक्ताहरुले आग्रह गरे। कार्यक्रममा सैनामैना बाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान गरिएकाे थियाे । साथै उक्त रक्तदान कार्यक्रममा करिव ३५ युनिट रगत संकलन भएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।