रमेश बहादुर सिह, बझाङ । बझाङमा यार्सा संकलनका क्रममा हिमपहिरोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका-१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन्। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो।
उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन्। मृतक बोहराको उद्दारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर बिष्टले बताए।
मृतक बोहराका एक छोरा एक छोरी रहेका छन्।
बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि बझाङका अधिकांश स्थानिय तहका स्थानीयहरु घर नै रित्याएर यार्सा संकलनका लागि लेकतर्फ गएका थिए ।बिगत कोरोना को कारणले बन्द रहेका यि क्षेत्रका मानिस यो पटक भने यार्सा टिप्न सबै लेक तिर गयका छन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology