Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय मित्रता दिवसमा देवदहमा महिला साइकल रेस हुने

अन्तर्राष्ट्रिय मित्रता दिवसमा देवदहमा महिला साइकल रेस हुने

images
  • अन्तर्राष्ट्रिय मित्रता दिवसमा देवदहमा महिला साइकल रेस हुने
    images
    images

    देवदह । अन्तर्राष्ट्रिय मित्रता दिवस २०८३ को अवसरमा साउन १७ गते आइतवारका दिन देवदह नगरपालिका-५ मा टोलस्तरीय खुला महिला साइकल रेस प्रतियोगिता आयोजना हुने भएको छ ।

    images
    images
    images

    "स्वस्थ महिला, मितव्ययी जीवनशैली र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि साइकल अभियान" भन्ने मूल नारासहित साइकल रेस आयोजना गरिएको वडा खेलकुद विकास समिति संयोजक नविन लुईटेलले जानकारी दिए  । प्रतियोगितामा १५० जना महिला सहभागी हुने अपेक्षा गरिएको जनाइएको छ ।

    images
    images
    images

    प्रतियोगिताको उद्देश्य महिलाबीच मित्रता, एकता, सामाजिक सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्नुका साथै नियमित साइकल चलाउने बानीको विकास, स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन, महिला सशक्तीकरण र देवदह क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु रहेको वडा अध्यक्ष गणेश डुम्रेले बताए ।   वातावरणमैत्री यातायातको प्रयोगलाई प्रोत्साहन गर्दै इन्धन बचत, प्रदूषण न्यूनीकरण र हरित वातावरण निर्माणबारे जनचेतना फैलाउने लक्ष्य पनि कार्यक्रमले लिएको छ ।

    images
    images
    images

    प्रतियोगिता दुई उमेर समूहमा सञ्चालन हुनेछ । पहिलो समूहमा १५ देखि २५ वर्षसम्मका र दोस्रो समूहमा २६ वर्ष वा सोभन्दा माथिका महिलाले सहभागिता जनाउन सक्नेछन् । दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई साइकल, नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।