Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकपका चर्चित गोलरक्षक भोजिन्हा चिलीको कोलो-कोलोमा अनुबन्धित

विश्वकपका चर्चित गोलरक्षक भोजिन्हा चिलीको कोलो-कोलोमा अनुबन्धित

images
  • विश्वकपका चर्चित गोलरक्षक भोजिन्हा चिलीको कोलो-कोलोमा अनुबन्धित
    images
    images

    काठमाडौँ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो-कोलोमा अनुबन्धित भएका छन् ।

    images
    images
    images

    ४० वर्षीय भोजिन्हाले विश्वकपमा स्पेन र साविक विजेता अर्जेन्टिनाविरुद्ध उत्कृष्ट बचाउ गर्दै प्रतियोगिताका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बन्न सफल भएका थिए ।

    images
    images
    images

    क्लबले सामाजिक सञ्जालमार्फत भोजिन्हाको अनुबन्धन घोषणा गरेको छ । उक्त घोषणापछि कोलो कोलोका समर्थक मात्र होइन, चिलीभरका फुटबल समर्थकमाझ पनि उत्साह छाएको छ । चिली यस वर्ष लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो ।

    images
    images
    images

    क्लब व्यवस्थापन कम्पनीका अध्यक्ष अनिबाल मोसाले भोजिन्हा छिट्टै चिली आउने जानकारी दिएका छन्। उनका अनुसार भोजिन्हाले आवश्यक स्वास्थ्य परीक्षण पूरा गरेपछि राजधानी सान्टियागोस्थित क्लबको घरेलु मैदानमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ । स्थानीय सञ्चारमाध्यमका अनुसार भोजिन्हाले क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् ।

    भोजिन्हाको वास्तविक नाम जोसिमार डियास हो । उनले अफ्रिकाको पश्चिमी तटमा रहेको सानो टापु राष्ट्र केप भर्डेलाई विश्वकपमा ऐतिहासिक प्रदर्शन गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

    केप भर्डे अन्तिम ३२ टोलीको चरणसम्म पुगेको थियो । त्यस चरणमा अतिरिक्त समयमा अर्जेन्टिनासँग ३-२ गोलअन्तरले पराजित भएपछि टोली प्रतियोगिताबाट बाहिरिएको थियो ।

    विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनपछि भोजिन्हाको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ । विश्वकपअघि उनका सामाजिक सञ्जालमा करिब ५० हजार अनुयायी रहेकामा अहिले यो संख्या बढेर झण्डै दुई करोड ९० लाख पुगेको छ । उनलाई विश्वकपको उत्कृष्ट टिममा समेत सामेल गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।