Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय म्यान्ग्रोभ पारिस्थितिक प्रणाली संरक्षण दिवस : तटीय वातावरण जोगाउने महत्त्वपूर्ण आधार

अन्तर्राष्ट्रिय म्यान्ग्रोभ पारिस्थितिक प्रणाली संरक्षण दिवस : तटीय वातावरण जोगाउने महत्त्वपूर्ण आधार

images
  • अन्तर्राष्ट्रिय म्यान्ग्रोभ पारिस्थितिक प्रणाली संरक्षण दिवस : तटीय वातावरण जोगाउने महत्त्वपूर्ण आधार
    images
    images

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय म्यान्ग्रोभ पारिस्थितिक प्रणाली संरक्षण दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । सन् २०१५ मा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले स्थापना गरेको यो दिवस म्यान्ग्रोभ वनको महत्त्वबारे विश्वव्यापी चेतना फैलाउने तथा यसको दिगो संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष जुलाई २६ मा मनाइन्छ ।

    images
    images
    images

    म्यान्ग्रोभ वन स्थल र समुद्रको बीचमा पाइने विशेष प्रकारको पारिस्थितिक प्रणाली हो । यसले जैविक विविधताको संरक्षण, तटीय समुदायको सुरक्षा, खाद्य सुरक्षामा योगदान तथा समुद्री आँधी, छाल र तटीय भूक्षयबाट प्राकृतिक सुरक्षा प्रदान गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ।

    images
    images
    images

    यसका साथै म्यान्ग्रोभ वनको माटोमा ठूलो मात्रामा कार्बन सञ्चित हुने भएकाले यसलाई जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने प्रभावकारी प्राकृतिक माध्यमका रूपमा पनि लिइन्छ ।

    images
    images
    images

    यद्यपि पछिल्ला वर्षहरूमा म्यान्ग्रोभ वन तीव्र रूपमा विनाश हुँदै गएको छ। अध्ययनअनुसार म्यान्ग्रोभ वनको क्षति विश्वभरका अन्य वन क्षेत्रको तुलनामा तीनदेखि पाँच गुणा तीव्र गतिमा भइरहेको छ। पछिल्ला ४० वर्षमा विश्वको म्यान्ग्रोभ क्षेत्रफल करिब आधा घटिसकेको अनुमान गरिएको छ, जसले वातावरणीय र सामाजिक-आर्थिक क्षेत्रमा गम्भीर असर पारेको छ ।

    विज्ञहरूका अनुसार म्यान्ग्रोभ वनले माछा, केकडा तथा अन्य समुद्री जीवजन्तुको प्रजनन र संरक्षणका लागि सुरक्षित बासस्थान उपलब्ध गराउँछ। यसले स्थानीय माछा व्यवसाय र तटीय समुदायको जीविकोपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

    यस वर्षको दिवसले म्यान्ग्रोभ वनको संरक्षण, दिगो व्यवस्थापन र जलवायु परिवर्तनविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउने सन्देश दिएको छ । वातावरणविद्हरूले तटीय क्षेत्रको दीर्घकालीन संरक्षणका लागि म्यान्ग्रोभ वनको संरक्षणलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पारिस्थितिक प्रणाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।