Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

डा. गोविन्द केसीलाई अस्पताल लागियो

डा. गोविन्द केसीलाई अस्पताल लागियो

images
  • डा. गोविन्द केसीलाई अस्पताल लागियो
    images
    images

    धनगढी । सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई अस्पताल लागिएको छ । शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको स्वास्थ्य परीक्षणमा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइए पछि उनलाई सेती प्रादेशिक अस्पताल लागिएको हो ।

    images
    images
    images

    धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएपछि उनलाई अस्पताल पुर्याइएको छ ।

    images
    images
    images

    सहयोगी अमृत जैशीका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीका सहयोगीसँग तथा राति स्वयं डा. केसीसँग टेलिफोन संवाद गर्दै माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी नै आउने प्रतिबद्धता जनाएका छन् । 

    images
    images
    images

    डा. केसी बिहीबारदेखि पाँच बुँदे मागसहित सत्याग्रहमा बसेका छन् । उनले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई आफ्नो प्रमुख अडानका रूपमा अघि सारेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोविन्द केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।