Logo

२०८३, श्रावण ३०गते


images
images

कलिवुड

उत्साहप्रद प्रतिक्रिया र व्यापार सहित दोस्रो हप्तामा चलचित्र ‘गौंथली’

उत्साहप्रद प्रतिक्रिया र व्यापार सहित दोस्रो हप्तामा चलचित्र ‘गौंथली’

images
  • उत्साहप्रद प्रतिक्रिया र व्यापार सहित दोस्रो हप्तामा चलचित्र ‘गौंथली’
    images
    images

    काठमाडौं । उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ ।

    images
    images
    images

    चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ । तर, बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।

    images
    images
    images

    “हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक रुपमा बोर्डले नै सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ,” निर्देशक कपिल रिजालले भने, “तर, धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्सअफिस रिपोर्ट आउँदैछ ।”

    images
    images
    images

    सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ । अधिकांशले शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको बताइएको छ ।

    पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ । कलाकारसहितको टिम हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका सिनेमा भन्दै चलचित्रको तारिफ गरिरहेका छन् । एउटै परिवारबाट १०÷१५ जनासम्मले सिनेमा हेरिरहेका छन् । हलमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य रुपमा बढी देखिने गरेको छ ।

    चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

    डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गौथली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।