Logo

२०८३, आश्विन ९गते


images
images

क्लव फुटबल

कासेमिरो अनुबन्धपछि इन्टर मियामीमाथि एमएलएसको छानबिन

कासेमिरो अनुबन्धपछि इन्टर मियामीमाथि एमएलएसको छानबिन

images
  • कासेमिरो अनुबन्धपछि इन्टर मियामीमाथि एमएलएसको छानबिन
    images
    images

    काठमाडौँ । ब्राजिलका सिनियर मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गरेपछि अमेरिकी प्रमुख फुटबल लिग (एमएलएस) ले इन्टर मियामीमाथि नियम उल्लंघन भएको आरोपबारे छानबिन सुरु गरेको छ ।

    images
    images
    images

    इन्टर मियामीले बुधबार ३४ वर्षीय कासेमिरोसँग सन् २०२७ सम्मको सम्झौता गरेको घोषणा गरेको थियो । सम्झौतामा सन् २०२९ को जुनसम्म अवधि थप्न सकिने विकल्प पनि राखिएको छ । तर त्यसको केही समयपछि एमएलएसले क्लबविरुद्ध खेलाडी अनुबन्ध प्रक्रियासम्बन्धी सम्भावित अनियमितताको समीक्षा भइरहेको जनाएको हो ।

    images
    images
    images

    एमएलएसका अनुसार छानबिन कासेमिरोको 'डिस्कभरी अधिकार' सम्बन्धी नियमसँग जोडिएको छ । यस नियमअनुसार कुनै विदेशी खेलाडीलाई अनुबन्ध गर्ने पहिलो अधिकार एक निश्चित क्लबसँग रहने व्यवस्था छ । कासेमिरोको यस्तो अधिकार लस एन्जलस ग्यालेक्सीसँग रहेको थियो । इन्टर मियामीले भने लस एन्जलस ग्यालेक्सीसँग सहमति गरेर कासेमिरोलाई अनुबन्ध गर्ने अधिकार प्राप्त गरेको जनाएको छ । ग्यालेक्सीले पनि दुवै क्लबबीच सहमति भएको पुष्टि गर्दै छानबिन सकिएपछि त्यसको विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ ।

    images
    images
    images

    कासेमिरोले गत सिजनको अन्त्यसँगै म्यानचेस्टर युनाइटेड छाडेका थिए । उनले यसअघि रियल म्याड्रिडबाट पाँच पटक युरोपेली च्याम्पियन्स लिग जितेका थिए । सन् २०२२ मा युनाइटेड पुगेका उनले क्लबका लागि १६० खेल खेल्दै २६ गोल गरेका थिए भने १४ गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले युनाइटेडबाट एक लिग कप र एक एफए कप पनि जितेका थिए ।

    इन्टर मियामीमा उनले लियोनेल मेसी, रोड्रिगो डे पल र आफ्ना पूर्व सहकर्मी सर्जियो रेगिलोनसँग खेल्नेछन् ।

    इन्टर मियामी खेलाडी अनुबन्धका विषयमा विवादमा परेको यो पहिलो पटक भने होइन । सन् २०२१ मा पनि क्लबले फ्रान्सेली मिडफिल्डर ब्लेज माटुइडीलाई अनुबन्ध गर्दा एमएलएसको तलबसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै दुई मिलियन अमेरिकी डलर जरिवाना तिर्नुपरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।