Logo

२०८३, श्रावण २७गते


images
images

फिफा विश्वकप

विश्वकप विजेता स्पेनको म्याड्रिडमा भव्य स्वागत

विश्वकप विजेता स्पेनको म्याड्रिडमा भव्य स्वागत

images
  • विश्वकप विजेता स्पेनको म्याड्रिडमा भव्य स्वागत
    images
    images

    काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेनको राजधानी म्याड्रिड उत्सवमय बनेको छ । हजारौं फुटबल समर्थक सडकमा ओर्लिएर ऐतिहासिक सफलताको भव्य रूपमा खुसी मनाइरहेका छन् । रातभर गीत, नाराबाजी र झण्डासहितको उत्सवले राजधानीका मुख्य सडकहरू रातो र पहेँलो रङले भरिएका देखिएका छन् ।

    images
    images
    images

    स्पेनको राष्ट्रिय टोलीले १६ वर्षपछि विश्वकपको उपाधि जितेपछि समर्थकहरूले शहरभर विजय उत्सव मनाएका हुन् । समर्थकहरू स्पेनको राष्ट्रिय जर्सी लगाएर, अनुहारमा राष्ट्रिय रङ पोतेर तथा विशाल राष्ट्रिय झण्डा बोकेर विजयको उल्लासमा सहभागी भएका थिए ।

    images
    images
    images

    विश्वकप जितको सम्झनामा स्पेन सरकारले म्याड्रिडस्थित सिबेल्स सञ्चार भवनमा ‘विश्वका नदीहरू’ शीर्षकमा सार्वजनिक विजय समारोह आयोजना गरेको छ । कार्यक्रममा लाखौ समर्थक सहभागी भएका थिए । खेलाडीहरुलाई स्पेनको शाही परिवारले विशेष स्वागत गरेको थियो भने त्यसपछि उनीहरुलाई खुला बसमा राखेर परेड गराइएको थियो ।

    images
    images
    images

    स्पेनले न्यूयोर्क–न्यु जर्सी रंगशालामा सम्पन्न फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो। यससँगै सन् २०१० पछि १६ वर्षको प्रतीक्षाको अन्त्य गर्दै स्पेन पुनः विश्व फुटबलको शिखरमा पुगेको छ ।

    स्पेनका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेसले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । पेड्रो पोरोको क्रस र निको विलियम्सको सहयोगमा उनले गरेको गोल नै स्पेनलाई विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो ।

    ऐतिहासिक जितसँगै स्पेनभरि अहिले उत्सवको माहोल छ भने राजधानी म्याड्रिड विश्वकप विजयको उल्लासमा पूर्ण रूपमा डुबेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • # स्पेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।