सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदह–७ शीतलनगरमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले शिक्षक र अभिभावकबीचको सहकार्यले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । समयअनुसार पाठ्यक्रम र शिक्षण विधिमा परिवर्तन भइरहेकाले शिक्षक र अभिभावक दुवै निरन्तर परिष्कृत हुन आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्ने अधिकांश अभिभावकले विद्यालयले सञ्चालन गरिरहेका व्यावहारिक तथा सीपमूलक कार्यक्रमको प्रशंसा गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा कक्षा शिक्षक रस्सा के.सी., विष्णु पाण्डे, अनमोल पन्थ र विष्णु पोखरेलले विद्यार्थीहरूको समष्टिगत शैक्षिक तथा गतिविधिसम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।
कक्षा ३ का ७० जना अभिभावकको सहभागिता रहेको कार्यक्रम विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सहप्राचार्य प्रदीप अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रस्सा के.सी.ले गरेका थिए ।