Logo

२०८३, आश्विन १०गते


images
images

फिफा विश्वकप

जितपछि अर्जेन्टिनी खेलाडीले मैदानमै देखाए फकल्यान्डको ब्यानर, फिफाले कारबाही गर्नसक्ने

जितपछि अर्जेन्टिनी खेलाडीले मैदानमै देखाए फकल्यान्डको ब्यानर, फिफाले कारबाही गर्नसक्ने

images
  • जितपछि अर्जेन्टिनी खेलाडीले मैदानमै देखाए फकल्यान्डको ब्यानर, फिफाले कारबाही गर्नसक्ने
    images
    images

    काठमाडौँ । इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेका छन् । त्यसपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images
    images
    images

    खेल सकिएलगत्तै अर्जेन्टिनाका खेलाडीले ‘माल्भिनास अर्जेन्टिनाकै हो’ भन्ने अर्थ लाग्ने ब्यानर प्रदर्शन गरेका थिए । दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापु बेलायतको अधीनमा रहेको भूभाग भए पनि त्यसमाथि अर्जेन्टिनाले लामो समयदेखि आफ्नो सार्वभौम अधिकार दाबी गर्दै आएको छ । यही विवादका कारण सन् १९८२ मा दुई देशबीच ७४ दिनसम्म युद्ध भएको थियो, जसमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो ।

    images
    images
    images

    यसअघि पनि सन् २०१४ मा अर्जेन्टिनाका खेलाडीले स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यही सन्देश भएको ब्यानर देखाएपछि फिफाले अर्जेन्टिनी फुटबल संघलाई २७ हजार डलर जरिवाना गरेको थियो। त्यतिबेला फिफाले त्यसलाई राजनीतिक सन्देश फैलाएको र प्रतियोगिताको आचारसंहिता उल्लंघन भएको ठहर गरेको थियो ।

    images
    images
    images

    यसबीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जालमार्फत फकल्यान्ड टापु अर्जेन्टिनाकै भएको दोहोर्‍याउँदै यो खेल सामान्य खेल मात्र नभएको टिप्पणी गरेकी छन् । तर अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने खेलअघि नै फुटबल र राजनीतिलाई एकै ठाउँमा मिसाउन नहुने बताएका थिए । उनले विगतको युद्ध दुःखद इतिहास भए पनि त्यसलाई फुटबलसँग जोड्न नहुने धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फकल्यान्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।