Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

टमाटर किसानसँग मन्त्री गिता चौधरीको छलफल

टमाटर किसानसँग मन्त्री गिता चौधरीको छलफल

images
  • टमाटर किसानसँग मन्त्री गिता चौधरीको छलफल
    images
    images

    काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा टमाटर फ्याँकेर प्रदर्शनमा रहेका किसानहरुसँग छलफल गरेकी छन् । 

    images
    images
    images

    बुधबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा रहेका किसानलाई मन्त्री चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा आमन्त्रण गरी उनीहरूका गुनासा र मागबारे विस्तृत छलफल गरेकी हुन् ।

    images
    images
    images

    मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा विक्री वितरण गर्न आग्रह गर्दै सबैले उत्पादित सामग्री बेच्न कालीमाटी बजारमा आइरहन नपर्ने बताइन् । छलफलका क्रममा किसानका समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवहारिक समाधानका लागि पहल गरिने विश्वास दिलाएको मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताइन् ।

    किसानहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, मल बीउको सहज उपलब्धता गराउन, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लागू गर्न सरकारसँग माग गर्दै टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टमाटर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।