Logo

२०८३, आश्विन १०गते


images
images

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता

images
  • सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता
    images
    images

    धनगढी । नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    images
    images
    images

     बुधबार सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    images
    images
    images

    बुधवार बसेको संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन् । मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री शाहले बुधवार बजेट बारेको विवादपछि एमालेबाट मन्त्री रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गरेका थिए । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।