Logo

२०८३, आश्विन ९गते


images
images

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

images
  • ११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
    images
    images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ९८ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

    images
    images
    images

    अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ९५ करोड डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो वृद्धि १२.८ प्रतिशत रहेको थियो ।

    images
    images
    images

    त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

    यसैबीच, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २११ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७३५ रहेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेमिट्यान्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।