Logo

२०८३, आश्विन ११गते


images
images

जाजरकोटमा पहिरोले पुरिँदा महिलाको मृत्यु, दुई जनाको सकुशल उद्धार

जाजरकोटमा पहिरोले पुरिँदा महिलाको मृत्यु, दुई जनाको सकुशल उद्धार

images
  • जाजरकोटमा पहिरोले पुरिँदा महिलाको मृत्यु, दुई जनाको सकुशल उद्धार
    images
    images

    जाजरकोट । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार असार २८ गतेको वर्षापछि माथिबाट आएको पहिरोले स्थानीय जयशीला शाहको टहरा पुरेको थियो । करिब ६० वर्षीया शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पहिरोमा पुरिएका शाहकी छोरी मेनुका शाह थापा र करिब ७ वर्षीया नातिनी टिका थापाको भने सकुशल उद्धार गरिएको छ ।

    images
    images
    images

    घटनापछि प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जाजरकोट पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।