Logo

२०८३, आश्विन १०गते


images
images

खेल

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

images
  • एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
    images
    images

    काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    मलेसियाको युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई १५१ रनको अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    नेपालले दिएको २०० रनको लक्ष्य पछाएको सिङ्गापुरले २० ओभरमा ८ विकेट गुमाउदै ४८ रन मात्र बनाएको थियो । 

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा कुनै विकेट नगुमाएर १९९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले अविजित ९८ र सावित्री धामीले अविजित ७८ रन बनाएकी थिइन् ।  

    यो जारी प्रतियोगितामा नेपालको लगातार दोस्रो जित हो । नेपालले यसअघि पहिलो खेलमा शनिबार कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

    अब नेपालले अर्को खेलमा मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।