Logo

२०८३, आश्विन १०गते


images
images

यू-१९ महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, कतार १०५ रनले पराजित

यू-१९ महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, कतार १०५ रनले पराजित

images
  • यू-१९ महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, कतार १०५ रनले पराजित
    images
    images

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि १०५ रनको फराकिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    शनिबार मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० बनाएको थियो । नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछाएको कतार १२ ओभरमा २५ रन बनाउँदै अलाउट भयो ।

    images
    images
    images

    कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कतारको लागि सरगम पटेलले सर्वाधिक ४ रन बनाइन् । नेपालका लागि बलिङतर्फ रचना चौधरी र रिया शर्माले ३-३ विकेट लिए । मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए । नेपालका लागि ओपनर ब्याटर सावित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलिन् । अर्की ओपनर साना प्रविणले २७ रन बनाइन् । अन्जिला पाठक २३ र तिर्शना विश्वकर्मा ५ रनमा अविजित रहे । कतारका लागि बलिङतर्फ लिहारा अवेशकाराले २ र फातिमा मुकादमले १ विकेट लिए ।

    images
    images
    images

    नेपालले दोस्रो खेल आइतबार सिङ्गापुरसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।