Logo

२०८३, आश्विन १०गते


images
images

भारतविरुद्धको टी-२० सिरिजमा इङ्ग्ल्यान्ड एक खेलअघि नै विजयी

भारतविरुद्धको टी-२० सिरिजमा इङ्ग्ल्यान्ड एक खेलअघि नै विजयी

images
  • भारतविरुद्धको टी-२० सिरिजमा इङ्ग्ल्यान्ड एक खेलअघि नै विजयी
    images
    images

    काठमाडौँ । ह्यारी ब्रुक र फिल साल्टको अविजित १४६ रनको साझेदारीमा इङ्ग्ल्यान्डले चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई ९ विकेटले पराजित गर्दै पाँच खेलको सिरिज ३ -० ले आफ्नो पक्षमा पारेको छ । यससँगै इङ्ग्ल्यान्डले एक खेल बाँकी रहँदै सिरिज जितेको हो ।

    images
    images
    images

    भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा इङ्ग्ल्यान्डले १३.५ ओभरमै एक विकेटको क्षतिमा १५९ रन जोड्दै सहज जित निकाल्यो । ब्रुक र साल्टले अर्धशतक बनाउँदै भारतका बलरमाथि पूर्ण नियन्त्रण कायम गरेका थिए ।

    images
    images
    images

    यो हारसँगै कप्तान श्रेयस अय्यरको नेतृत्वमा भारतले लगातार दोस्रो टी-२० सिरिज गुमाएको छ । यसअघि भारत आयरल्यान्डसँग २-० ले पराजित भएको थियो । सन् २०१९ यता पहिलो पटक भारतले लगातार दुई टी-२० द्विपक्षीय सिरिज हारेको हो ।

    images
    images
    images

    इङ्ग्ल्यान्डका लागि पनि यो ऐतिहासिक सफलता बनेको छ । भारतविरुद्ध दुई वा सोभन्दा बढी खेलको टी-२० द्विपक्षीय सिरिज जितेको यो पहिलो अवसर हो । यसअघि दुवै टोलीबीच भएका छ सिरिजमध्ये पाँचमा भारत विजयी भएको थियो भने एक सिरिज बराबरीमा टुङ्गिएको थियो । यो हार भारतको टी-२० इतिहासमा बाँकी बलका आधारमा तेस्रो ठूलो हार हो । इङ्ग्ल्यान्डले ३७ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै भारतविरुद्ध टी-२० मा बाँकी बलका हिसाबले आफ्नो सबैभन्दा ठूलो जित दर्ता गरेको छ ।

    अब सिरिजको पाँचौं खेल शनिबार हुने छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।