Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने सरकारको निर्णय

गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने सरकारको निर्णय

images
  • गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने सरकारको निर्णय
    images
    images

    काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। 

    images
    images
    images

    बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

    images
    images
    images

    त्यसैगरी सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गरेको छ भने गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको मन्त्री पोखरेलले बताए ।

    images
    images
    images

    त्यस्तै सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको छ भने शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

    आजको बैठकले कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ भने मानव अधिकार सम्बन्धी छैटौं कार्ययोजना स्वीकृत गरेको र भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यसचिव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।