Logo

२०८३, श्रावण २७गते


images
images

सकियो तेस्रो संस्करणको दलित ज्ञान उत्सव

सकियो तेस्रो संस्करणको दलित ज्ञान उत्सव

images
  • सकियो तेस्रो संस्करणको दलित ज्ञान उत्सव
    images
    images

    लुम्बिनी । तेस्रो संस्करणको दलित ज्ञान उत्सव सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनमा आइतबार सुरु भएको उत्सव सोमबार सम्पन्न भएको हो ।

    images
    images
    images

    उत्सवको समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेश जन्मजय तिमिल्सिनाले दलित अधिकार रक्षाका लागि संविधान रक्षा गर्नु पर्ने बताएका छन् । संविधानका कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्दै संविधान रक्षाका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिए । 

    images
    images
    images


    उनले दलित समुदायले दलित ज्ञान उत्सव जस्ता कार्यक्रम गर्नु सकारात्मक भएको बताउँदै ज्ञान आर्जन गर्न शिक्षामा जोड दिन आग्रह गरे । लुम्बिनी प्रदेश सरकारले दलित ऐन लागु गरेको बताउँदै ऐन लागु गर्दा चौतर्फी हमला भएको स्मरण गरे । “सामाजिक विकास मन्त्रीको हैसियले दलित ऐन ड्राफ्ट गर्दा मेरै वरीपरीका साथिहरुले असहयोग गरे” उनले भने । 

    images
    images
    images


    उत्सवमा पहिलो दिन आइतबार विभेद विरूद्ध संघ संस्था नगर संजालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र विभेद विरूद्ध कविता र सांगितिक प्रस्तुती गरिएको सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले बताए । 


    त्यस्तैगरी दोस्रो दिन सोमबार सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, दलित उद्यम र बजारीकरण तथा विविधिकरण, वर्तमान समयमा दलित मुद्धाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको बिषयमा छलफल गरिएको थियो । 


    समापन कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि हस्तान्तरण गरिएको थियो । उत्सवको आइतबार पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए । तिलोत्तमा नगरपालिकाले २०८० सालदेखि ज्ञान उत्सव गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दलित ज्ञान उत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।