Logo

२०८३, श्रावण २७गते


images
images

बलिवुड

विवाह बन्धनमा बाँधिए आमिर खान र गौरी स्प्राट

विवाह बन्धनमा बाँधिए आमिर खान र गौरी स्प्राट

images
  • विवाह बन्धनमा बाँधिए आमिर खान र गौरी स्प्राट
    images
    images

    काठमाडौं । बलिउड अभिनेता आमिर खान र उनकी जीवनसाथी गौरी स्प्राटको विवाह सम्पन्न भएको हो । आइतबार मुम्बईको पाली हिलस्थित आमिर खानको निवासमा विवाह सम्पन्न भएको हो ।

    images
    images
    images

    विवाहमा करिब एक सयदेखि एक सय पचास जनासम्म आफन्त, बाल्यकालका साथी तथा चलचित्र क्षेत्रका सीमित सहकर्मी सहभागी भएका थिए । चलचित्र निर्देशक आशुतोष गोवारिकर पनि समारोहमा उपस्थित थिए ।

    images
    images
    images

    आमिर खान र गौरी स्प्राट पहिलो पटक करिब २५ वर्षअघि भेटिएका थिए । त्यसपछि लामो समय उनीहरूको सम्पर्क टुटेको थियो । सन् २०२४ मा आमिरकी बहिनी नुजहत खानमार्फत बेंगलुरुमा उनीहरूको पुनः भेट भएको बताइएको छ । त्यसपछि दुवैबीच टाढाबाट सम्बन्ध अघि बढेको थियो । आमिरले आफ्नो ६०औँ जन्मदिनको अवसरमा सन् २०२५ को मार्च महिनामा गौरीलाई सार्वजनिक रूपमा आफ्नो जीवनसाथीका रूपमा परिचय गराएका थिए । त्यसयता गौरी बेंगलुरुबाट मुम्बई सरेकी छन् र आमिरको चलचित्र निर्माण संस्थासँग पनि आबद्ध रहेकी छन् ।

    images
    images
    images

    दुवैको निजी विवाह समारोहको पहिलो तस्बिर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्बिरले मुम्बईस्थित पाली हिलमा रहेको आमिरको निवासमा सम्पन्न अन्तरंग विवाह समारोहको झलक देखाएको हो । सार्वजनिक तस्बिरमा आमिर विवाह दर्ताका लागि आधिकारिक कागजातमा हस्ताक्षर गर्दै देखिएका छन् ।  यस्तै आमिरका कान्छा छोरा आजाद राव खान पनि बाबुको छेउमा बसेर विवाह दर्ताको प्रक्रिया नियालिरहेका छन्।

    विवाहस्थललाई हल्का रङका फूल, मैनबत्ती र सादगीपूर्ण सजावटले आकर्षक बनाइएको थियो । समारोहमा सहभागी परिवारका सदस्य तथा निकट साथीभाइले यो विशेष क्षणलाई आफ्नो मोबाइलमा कैद गरिरहेका देखिन्छन् ।

    आमिरले यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए । सन् २००२ मा सम्बन्धविच्छेद भएपछि उनले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । सन् २०२१ मा आमिर र किरणबीच सम्बन्धविच्छेद भएको थियो । 

    मिडिया रिपोर्ट अनुसार गौरी स्प्रैट बैंगलोरकी सैलुन व्यवसायी तथा फेसन प्रोफेशनल हुन् । उनी मिश्रित सांस्कृतिक पृष्ठभूमिबाट आएकी हुन् । उनका बुबा तमिल–ब्रिटिस मूलका र आमा पंजाबी–आयरिस मूलकी हुन् । उनी १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका ब्रिटिस कम्युनिस्ट फिलिप स्प्रैटकी नातिनी पनि हुन् । गौरीले लन्डन विश्वविद्यालय अफ द आर्ट्सबाट फेसन र स्टाइलिङ अध्ययन गरेकी हुन् । हाल उनी मुम्बईमा ‘बीब्लन्ट’ सैलुन सञ्चालन गरिरहेकी छिन् । उनी आमिर खान प्रोडक्सनसँग पनि काम गरिरहेकी बताइन्छ ।

    रीना दत्तासँग उनको पहिलो विवाह १६ वर्ष टिकेको थियो भने किरण रावसँगको दोस्रो विवाह १५ वर्षपछि २०२१ मा टुंगिएको थियो । दुवै सम्बन्धबाट उनका तीन सन्तान छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आमिर खान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।