Logo

२०८३, कार्तिक २६गते


images
images

दुर्घटना

डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते

images
  • डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ घाइते
    images

    डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    images
    images
    images

    आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका-८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images

    जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ । उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोल्पा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।