Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

सरकारका सय दिन : १५ सय नियुक्ति खारेजदेखि जेनजी आन्दोलनका घाइते र शहिदका परिवारलाई सहयोगसम्म

सरकारका सय दिन : १५ सय नियुक्ति खारेजदेखि जेनजी आन्दोलनका घाइते र शहिदका परिवारलाई सहयोगसम्म

images
  • सरकारका सय दिन : १५ सय नियुक्ति खारेजदेखि जेनजी आन्दोलनका घाइते र शहिदका परिवारलाई सहयोगसम्म
    images
    images

    काठमाडौं । बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज गरेको छ ।  सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले  १५ सय राजनीतिक नियुक्ति खारेज गरेको बताएका हुन् । उनले ‘हेल्लो सरकार’ मार्फत १० हजार ९३२ गुनासो प्राप्त भएको जानकारी गराएका छन् । उनले प्राप्त गुनासोमध्ये ८७७ वटाको समाधान र ३ हजार २८६ गुनासो समाधानको प्रक्रियामा रहेको बताए ।

    images
    images
    images

    साथै उनले यस अवधिमा ७८७ वटा कार्यालय र आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको जानकारी दिँदै ६१४५ राष्ट्रसेवक कर्मचारीमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको जानकारी दिएका छन् । उनले सरकारको मुख्य प्राथमिकता सुशासन भएको बताउँदै यसअवधिमा सात वटा मुद्दा दर्ता भएको र १०१ व्यक्ति संस्थाप्रति प्रतिवादी र ११८ अर्ब विगोदावी गरेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

    images
    images
    images

    साथै सरकारको नीतिगत सुधार अन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट घटाएर १८ कायम गरिएको बताइएको छ । मन्त्री पोखरेलले मन्त्रालयको संख्या घटाउँदा मुलुकको मन्त्रालयगत व्यवभार वार्षिक २० अर्ब कम हुने जानकारी गराएका हुन् । उनले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्रमा समेत मन्त्रालयको संख्या घटाउने प्रतिवद्धता रहेको जनाउँदै मन्त्रालयको संख्या घटाएर १७ कायम गर्दा विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय नयाँ बनाइएको जानकारी । उनले नीतिगत सुधारका कार्यक्रम अन्तर्गत नै ट्रेड युनियनहरु खारेज गरिएको समेत बताएका छन् ।

    images
    images
    images

    साथै जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारहरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ । बस विषयमा जानकारी दिदै मन्त्री पोखरेल ले ५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले राहत क्षतिपूर्ति वितरण गरेको, ३५ सहिद परिवारलाई मासिक ७ हजार जीवन निर्वाह प्रदान गरेको, ३३ सहिद परिवारलाई परिचयपत्र उपलब्ध गराएको, प्रत्येक वर्ष भदौ २३ गते 'जेनजी सहिद दिवस' मनाउने व्यवस्था कार्यान्वयन गरेको, ८४३ जनालाई परिचयपत्र वितरण गरेको, १ हजार ५५५ जनालाई राहत तथा भइपरी सहायता वितरण गरेको, ५१३ गम्भीर घाइतेलाई मासिक उपचार सहयोग उपलब्ध गराएको र  सहिद परिवारका ३३ सदस्यलाई नेपाल विद्युत प्राधिकरणअन्तर्गत करार सेवामा रोजगारी प्रदान गरेको जानकारी गराएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरकारका सय दिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।